झुन्डिएकाे अवस्थामा बालक फेला

खोटाङमा झुण्डिएको अवस्थामा बालक मृत फेला परेका छन् । केपीलासगढी गाउँपालिका–२ खार्ताम्छा बालाबेँसीका १२ वर्षीय रोजन बिश्वकर्मा घरभन्दा अन्दाजी दुई सय मिटर पश्चिममा रुखमा डोरीको पासो लागेको अवस्थामा मृत फेला परेका हुन् ।

मृतकको शव पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा दिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमोरियाले बताए ।

उनलाई आफन्तले झुण्डिरहेको अवस्थामा शुक्रबार फेला पारेका थिए । पोष्टमार्टम रिपोर्ट आएपछि घटनाको तथ्य खुल्ने प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : साउन २४, २०७७ शनिबार १६:१२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया