२३ लाख पर्ने सुनसहित पुरुष पक्राउ

विराटनगरमा प्रहरीले सुनसहित एक पुरुषलाई पक्राउ गरेको छ । विराटनगर १७ का ५५ वर्षीय शेमपेन गुप्ता २ सय ६७ ग्राम सुनसहित पक्राउ परेका हुन् । 

यो सुनको मूल्य २३ लाखभन्दा बढी पर्ने प्रहरीले जनाएको छ । 

उनलाई सशस्त्र प्रहरीको एक टोलीले पक्राउ गरेको हो ।

उनी साइकलमा दुध बोकेर हिँडिरहेका थिए । तर, शंका लागेर चेकजाँच गर्दा उनीसँग सुन बरामद भएको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : साउन २४, २०७७ शनिबार १९:४७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया