प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि भगवान श्रीरामको जन्मभूमि नेपालमै भएको दोहोर्याएका छन् । उनले श्रीरामको जन्मभूमि नेपाल नै भएको ठोकुवा गर्दै चितवन माडीका जनप्रतिनिधिलाई अयोध्याधामको विकास गर्न निर्देशन समेत दिएका छन् ।
शनिबार साँझ बालुवाटारमा प्रधानमन्त्रीले माडीका जनप्रतिनिधिलाई भेटेका थिए ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार साविकको अयोध्यापूरीका जनप्रतिनिधिसँग प्रधानमन्त्रीले शनिबार साँझ भेट गरेका हुन् ।
यो प्रतिनिधिमण्डलमा माडीका जनप्रतिनिधि सहभागी थिए । छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि अयोध्यापुरी भएको दोहोर्याएका हुन् । यतिमात्र होइन, उनले त्यहाँका जनप्रतिनिधिलाई राम मन्दिर बनाउने तयारी सुरु गर्न पनि अनुरोध गरेका छन् ।
यतिमात्र होइन, माडी नगरपालिकाको नाम नै परिवर्तन गरेर अयोध्यापुरी बनाउन पनि उनले बताएका छन् ।
ओलीले अर्को दशैंमा त्यहाँ मूर्ति अनावरण गर्ने र राम र सीताको मन्दीर बनाउन अनुरोध गरेका हुन् ।
यसअघि प्रधानमन्त्री ओलीले मदन जयन्तीको अवसरमा भगवान श्रीराम नेपालमा जन्मिएको बताए पछि नेपाल मात्र होइन, भारत पनि तरंगित भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।