भारतमा एक होटलमा आगलागी, कम्तिमा ७ जनाको निधन

भारतको आन्ध्र प्रदेशको विजयवाडामा रहेको स्वर्ण प्यालेस नामको होटलमा आगलागी भएको छ । कोरोनाभाइरस संक्रमितलाई राख्न पछिल्लो समय त्यहाँको एक अस्पतालले यो होटललाई आइसोलेसन सेन्टरका रुपमा प्रयोग गरेको थियो ।

आन्ध्रप्रदेशका गृहराज्यमन्त्री मेकाथोटी सुचरिताले बिजुली सर्ट हुँदा आगो लागेको बताएका छन् । 

आगलागी हुँदा होटलमा ५० जना रहेको बताइएको छ । यो घटनामा अहिलेसम्म कम्तिमा ७ जनाको निधन भएको बताइएको छ । प्रदेश सरकारले घटनाको छानबिन गर्न एक समिति बनाएको छ ।





  • प्रकाशित मिति : साउन २५, २०७७ आइतबार ९:१९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया