सहमतीको ठोस खाका नआएसम्म प्रचण्डले ओलीलाई नभेट्ने
फाइल तस्वीर ।

पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विवाद थप केही लम्बिने संकेत देखिन थालेका छन् । नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवादको वातावरण नबन्दा यो विवाद केही लम्बिने देखिएको छ ।

केही समययता विवाद हल गर्नका लागि सचिवालयले जिम्मेवारी दिए पनि प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता हुन सकिरहेको छैन । 

प्रधानमन्त्री ओलीले अब प्रचण्डसँग भेटवार्ता गर्नका लागि शनिबार मात्र पनि आफूनिकट दुई नेता शंकर पोखरेल र विष्णु पौडेललाई प्रचण्ड निवास खुमलटार पठाएका थिए । बिहीबार सुवास नेम्वाङले पनि प्रचण्डसँग भेटवार्ता गरेका थिए । 

स्रोतका अनुसार यी तीनै नेतालाई प्रचण्डले एउटै सन्देश पठाएका छन् । ‘पहिले सहमतीको ठोस खाका बालुवाटारमा बनोस्, अनि मात्र अर्का अध्यक्षसँग भेट्न तयार छु,’ प्रचण्डले यी तीन नेतालाई भनेको कुरा उद्धृत गर्दै उनको सचिवालयका एक सदस्यले फरकधारलाई बताए, ‘भेट्नका लागि मात्र भेटेर हुँदैन, बालुवाटारले नै पहिले सहमतीको ठोस खाका बनाउनु पर्छ ।’





  • प्रकाशित मिति : साउन २५, २०७७ आइतबार १०:६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया