पार्टी फुट्न नदिने भन्दै नेकपाका ५० सांसदले गरे हस्ताक्षर

पार्टी एकता जोगाउन नेकपाका ५० सांसदले हस्ताक्षर गरेका छन् । आफूहरू पार्टी एकताको पक्षमा रहेको भन्दै नेकपाका ५० सांसदहरूले हस्ताक्षर संकलन गरेका हुन् । 

केही प्रतिबद्धतासहित हस्ताक्षर गरिएको र आइतबार २ बजे त्यसलाई सार्वजनिक गरिने सांसद यज्ञराज सुनुवारले जानकारी दिए । पार्टी एकतालाई मजबुद पार्ने पक्षमा आफूहरू रहेको भन्दै हस्ताक्षर संकलन गरिएको सुनुवारले बताए । 

सत्तारुढ दल नेकपा यतिबेला आन्तरिक विवादले थलिएको छ । पार्टी विवाद मिलाउने जिम्मा पाएका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच केही दिनयता संवादसमेत हुन सकेको छैन ।





  • प्रकाशित मिति : साउन २५, २०७७ आइतबार ११:४९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया