बलिउडका र्‍यापर बादशाहलाई पैसा तिरेर फलोअर्स बढाएको आरोप

बलिउडका चर्चित र्यापर बादशाहलाई सोसल मिडियामा फेक फलोअर्स र लाइक बढाएको आरोप लागेको छ । उनले फलोअर्स बढाउन ७५ लाख भारतीय रुपैयाँ तिरेको खुलाइएको छ । तर, बादशाहले भने आफूमाथि लगाएको आरोप गलत भएको भन्दै आफू यस्ता कुनै गतिविधिमा सामेल नभएको बयान दिएका छन् ।

बादशाहले आफू यस्ता क्रियाकलापको विरोधी रहेको समेत स्पष्ट पारेका छन् । उनले आफ्ना सबै जानकारी प्रहरीलाई उपलब्ध गराउँदै कानुनी प्रकृयाअनुसार जाँच भइरहेकाले आफूले न्याय पाउनेमा भरोसा राखेको बताएका छन् । यस घटनामा मुम्बई पुलिसले बादशाह लगायत अरू २० जना स्टारहरू विरुद्ध जाँच गरेको थियो ।

इन्डियन आइडलकी एक प्रतियोगी भूमि त्रिवेदीले आफ्नो नामको फेक एकाउन्टबाट कसैले फलोअर्स बढाएको भन्दै छानबिन गर्न प्रहरीमा केस फाइल गराएकी थिइन् । उनको केसपछि मुम्बई प्रहरीले छानबिन सुरु गरेको थियो । प्रहरीले जाँचका क्रममा चर्चित सिलेब्रिटीका लाखौँ फर्जी फलोअर्स पिआर एजेन्सीद्वारा भर्चुअल तरिकाले बनाएको पाएको छ ।





  • प्रकाशित मिति : साउन २५, २०७७ आइतबार १३:६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया