आवेगको आवेगले कूटनीति सफल हुँदैन : शर्मा
फाइल फोटो

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘आवेगको जवाफ आवेग’ले दिँदा भारत र नेपाल दुवै देशको हित नहुने बताएका छन् । ट्वीटरमार्फत प्रवक्ता शर्माले दुवै तर्फबाट भएको संवेदनशीलतामा चोट पुग्ने कार्य स्वीकार्य नहुने उल्लेख गरेका हुन् ।

‘राम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभूमिको, आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट छोड्न सक्छन्,’ शर्माले ट्वीट गरेको छन्, ‘मूल विषय मोड्न सक्छन्, तर दीर्घकालीन हितमा जोड्न सक्दैन ।’

बुद्ध भारतमा जन्मिएको भनेर भारतीय विदेशमन्त्रीले दिएको अभिव्यक्तिप्रति समेत शर्माले आपत्ति जनाएका छन्  । ‘भगवान बुद्ध नेपालमा जन्मिएका हुन्,’ उनले लेखेका छन्, ‘त्यो भूभाग आजको नेपालमा रहेको पौराणिक र प्रमाणित तथ्य विरुद्ध भारतीय विदेश मन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ ।’ 
शर्माले चितवनमा राम मन्दिर बनाउने कार्यप्रति समेत प्रश्न उठाएका छन् । चेपाङ घरमा आगो लगाएर राम मन्दिर बनाउने निर्णय प्रति शर्माले प्रश्न गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै शर्माले लेखेका छन्, ‘भक्त चेपाङको घर जलाउने अनि भगवान रामको मन्दिर बनाउने ! द्वन्द्वात्मक भौतिकवादको यो कस्तो आध्यात्मिक अवतार ?’

 





  • प्रकाशित मिति : साउन २५, २०७७ आइतबार १४:१३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया