भारतीय विदेशमन्त्रीको भनाइप्रति माधव नेपालको आपत्ति: बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका छैन

काठमाडौं– भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्धलाई महान् भारतीय भनेर दिएको अभिव्यक्तिप्रति सत्तारुढ नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले आपत्ति जनाएका छन् । 

पूर्वप्रधानमन्त्री नेपालले सामाजिक सञ्जाल फेसबुक मार्फत भारतीय विदेशमन्त्रीको भनाइप्रति आपत्ति जनाएका हुन् । 

ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको उल्लेख गर्दै नेता नेपालले भारतीय नेताबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्ने बताएका छन् ।  

उनले यसबारे औपचारिक रूपमै भारतसँग कुरा गर्न नेपालले सरकारलाई अनुरोध गरेका छन् । 

 

भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम वुद्धलाई 'महान् भारतीय' भन्दै गरेको प्रचार तथ्यहीन र...

Posted by माधव कुमार नेपाल - Madhav Kumar Nepal on Sunday, August 9, 2020




  • प्रकाशित मिति : साउन २५, २०७७ आइतबार १६:३३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया