भारतमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ६४ हजार ३ सय ९९ जना रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिमध्ये ८ सय ६१ जनाको मृत्यु भएको छ । भारतमा योसहित मृत्यु भएका व्यक्तिको कुल संख्या ४३ हजार ३ सय ७९ पुगेको छ । साथै कुल संक्रमितको संख्या पनि २१ लाख ५३ हजार नाघेको छ ।
स्वास्थ्य अधिकारीहरुले कुल संक्रमितमध्ये १४ लाख ८० हजार ८ सय ८५ जना निको भएर डिस्चार्ज भएका छन् । अहिले पनि ६ लाख २८ हजार ७ सय ४७ जना विभिन्न स्वास्थ्य केन्द्रमा उपचार गराइरहेका छन् ।
भारतीय चिकित्सा अनुसन्धान परिषदले अगस्त ८ का दिन ७ लाख १९ हजार ३ सय ६४ जनाको परीक्षण गरिएको जनाउँदै कोरोना संक्रमण देखिन थालेयता हालसम्म कुल २ करोड ४१ नमुना परीक्षण गरिएको बताएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।