सञ्चारकर्मी सुवेदीविरुद्ध चलचित्र कलाकार संघमा पूजा शर्माले दिइन् उजुरी

काठमाडौं– सञ्चारकर्मी प्रकाश सुवेदीविरुद्ध चलचित्र कलाकार संघमा उजुरी परेको छ । सञ्चारकर्मी सुवेदीविरुद्ध नायिका पूजा शर्माले उजुरी हालेकी हुन् । 

पूजाले चलचित्र सञ्चारकर्मी सुवेदी आबद्ध रहेको संस्था एपिवान टेलिभिजनमा पनि उजुरी दिएकी छिन् । सुवेदीले हरेक साता आफूलाई गिराएर बोल्ने गरेको भन्दै पूजाले प्रेस काउन्सिल, राष्ट्रिय मानव अधिकार आयोग, चलचित्र निर्माता संघ र चलचित्र विकास बोर्डमा पनि उजुरी दिने बताएकी छिन् । 

पूजाले आफूलाई साथ दिने चलचित्रकर्मी, दर्शक, पत्रकार सबैलाई धन्यवाद दिएकी छिन् । चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले पूजालाई न्याय दिलाउने प्रतिबद्धता जनाएका छन् ।






  • प्रकाशित मिति : साउन २५, २०७७ आइतबार १८:११:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया