एकैदिन पाँच जनामा कोरोना पुष्टि भएपछि झापामा कोरोना संक्रमित व्यवस्थापनमा समस्या

झापा– प्रदेश नं १ मा कोरोना संक्रमितलाई राख्न समस्या देखिएको छ । झापाका तीन वटा स्थानीय तहमा आज एकैदिन पाँच जनालाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई राख्न समस्या देखिएको हो । 

प्रदेश नं १ मा कोरोना संक्रमितलाई राख्नका लागि बनाइएका आइसोलेशन वार्ड सबै भरिएपछि झापामा कोरोना संक्रमण पुष्टि भएकालाई कहाँ पठाउने भन्ने विषयमा अन्योल भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका स्थानीय स्रोत व्यक्ति जीवन चम्लागाईं​ले बताए ।

आज मात्रै एक जना सशस्त्र प्रहरीसहित झापामा पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाथीभरा सशस्त्र प्रहरी गण पाडाजुंगीका एक सशस्त्र प्रहरीसहित बाह्रदशी र अर्जुनधारा नगरपालिकामा कोरोना संक्रमित भेटिएका हुन् । पाथीभरा सशस्त्र प्रहरी गण कमल गाउँपालिकामा रहेको छ । 

उता बाह्रदशी गाउँपालिका–६ की एक महिला र सोही गाउँपालिका–१ का एक पुरुषमा संक्रमण देखिएको छ । ती महिला भारतको सिलिगुडी र पुरुष पञ्जाबबाट फर्केर पशुपति मावि राजगढको क्वारेन्टिनमा बसेका थिए । 

अर्जुनधारा नगरपालिकाका दुईजना पुरुषमा संक्रमण देखिएको छ । उनीहरु भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय झापाका स्थानीय स्रोत व्यक्ति चम्लागाईंले बताए । झापामा ३९८ जनालाई कोरोना संक्रमण भएको छ भने ३४४ जना कोरोना जितेर घर फर्किएका छन् ।





  • प्रकाशित मिति : साउन २५, २०७७ आइतबार २०:३९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया