फुटपाथ, ठेला र साइकलमा तरकारी बेच्न प्रतिबन्ध लगाउने तयारी

कोरोनाभाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले केही नयाँ नियमहरु लागु गर्ने भएको छ । संक्रमित धेरै भएका जिल्लाबाट काठमाडौं प्रवेश गर्न नदिन कोभिड १९ संकट व्यवस्थापन सेन्टरले सरकारलाई सिफारिस गरेको छ । 

आइतबार बसेको व्यवस्थापन सेन्टरको बैठकले काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढेको भन्दै २ सय भन्दा बढी संक्रमित भएका जिल्लाबाट उपत्यका आउनेहरुका लागि रोक लगाएको छ ।

यसबारे आज बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताइएको छ । यसका साथसाथै काठमाडौं उपत्यकामा अब फुटपाथ, ठेलागाडा र साइकलमा तरकारी, फलफूल तथा खाद्यान्नलगायतका सामग्री बेचबिखन पूर्ण रुपमा रोकिने भइएको छ ।





  • प्रकाशित मिति : साउन २६, २०७७ साेमबार ७:१०:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया