अहिलेको सरकारबाट कोरोना नियन्त्रण नहुने कांग्रेसको ठहर

कोरोना संक्रमण नियन्त्रणमा सरकार असफल भएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बताएको छ । सरकारले काम गर्ला र सुरक्षित हौंला भन्ने अवस्था नरहेको कांग्रेसको ठहर छ । कांग्रेसको कोभिड–१९ सम्बन्धी अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार तथा मन्त्री निकट र टाढाका आधारमा कर्मचारी राख्ने गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व फितलो भएको बताए ।


सरकारले बनाएको उच्चस्तरीय संयोजन समिति पनि पूर्ण रुपमा असफल भएको उनले बताए । स्वास्थ्य सामग्री खरिदमा भ्रस्टाचार गरेको र असफल भइसकेको नेतृत्वलाई राखिराख्न नहुने भन्दै उनले भने, सशक्त, डेडिकेटेड र इमान्दार नेतृत्व चाहिएको छ, यद्यपि यो सरकार नै इमान्दार छैन । त्यसैले धेरै आश गर्ने ठाउँ छैन ।’ 

 

सरकारले गर्ला र सुरक्षित होऔंला भन्ने विश्वासमा नलाग्न आग्रह गर्दै उनले भने, ‘आफूलाई सुरक्षित राख्ने तरिका खोजौं, आफ्ना साथीभाइ, घरगाउँलाई सुरक्षित रहन भनौं ।’

अनिवार्य मास्क लगाउन, एकअर्कामा भौतिक दूरी कायम राख्न, पटकपटक साबुन पानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न र अत्यावश्यक काम बाहेक सार्वजनिक स्थानमा नजानसमेत उनले सबैलाई आग्रह गरेका छन् ।
 





  • प्रकाशित मिति : साउन २६, २०७७ साेमबार १६:२१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया