गोंगबु गणेशस्थानमा फेलापरेको शवको सनाखत

काठमाडौं– काठमाडौंको गोंगबु गणेशस्थानमा सुटकेसमा फेला परेको शवको सनाखत भएको छ ।

सुटकेशमा भेटिएको शवको सनाखत नभएपछि प्रहरीले सोमबार उनको तस्बिर सार्वजनिक भएको थियो । तस्बिर सार्वजनिक भएपछि मृतकको सनाखत भएको हो । 

सो शव दाङका कृष्णबहादुर बोहराको भएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । मृतक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको खुलेको छ ।

गोंगबुका स्थानीयले आइतबार बिहान ७ बजे सडकमा फालिएको सुटकेसबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । अपराध महाशाखा र काठमाडौं प्रहरीले हत्याबारे अनुसन्धान गरिरहेको छ ।





  • प्रकाशित मिति : साउन २६, २०७७ साेमबार १६:२७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया