नेपालमा थपिए ३३८ संक्रमित, कुल संक्रमित संख्या  २३ हजार ३१०

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३८ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको जानकारी दिए । अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ३८ पुगेको उनले जानकारी दिए । सोमबार मात्रै ८ हजार ४ सय ३२ जनाको पीसीआर परीक्षण गरिएको उनको भनाइ छ ।  

त्यस्तै पछिल्लो २४ घण्टामा १४० जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १६ हजार ४ सय ९३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् ।

हाल क्वारेन्टाइनमा रहेका मानिसको संख्या ११ हजार ३८ रहेको डा. गौतमले जानकारी दिए । ४ लाख ५२ हजार २ सय ३६ जनाको पीसीआर परीक्षण गरिएको उनले जानकारी दिए । नेपालमा कोरोनका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।





  • प्रकाशित मिति : साउन २६, २०७७ साेमबार १६:४१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया