११ अमेरिकी उच्च अधिकारीमाथि चिनियाँ प्रतिबन्ध

एजेन्सी– चीनले ५ सांसदसहित ११ अमेरिकी अधिकारीमाथि प्रतिबन्ध घोषणा गरेको छ । यसअघि गत शुक्रबार अमेरिकाले हङकङकी प्रमुख कार्यकारी क्यारी लामसहित ११ अधिकारीमाथि आर्थिक प्रतिबन्ध लगाएको थियो ।  

चीनको पछिल्लो घोषणा त्यसैको बदलाका रुपमा हेरिएको छ । सोमबार नियमित पत्रकार सम्मेलन गर्दै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिच्यनले प्रतिबन्धको जानकारी दिए । 

चीनले सिनेटरहरु मार्को रुबियो, टेड क्रुज, टम कटन, जोस हली, प्याट टुमी र प्रतिनिधिसभा सदस्य क्रिस स्मिथमाथि प्रतिबन्ध लगाएको छ । यी सबै रिपब्लिकन पार्टीका सांसद हुन् ।

चीनले नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीका अध्यक्ष कार्ल ग्रेसम्यान, ह्युमन राइट्स वाचका कार्यकारी निर्देशक केन्नेथ रथ, फ्रिडम हाउसका अध्यक्ष माइकल जे अब्रामोविच, नेसनल डेमोक्रेटिक इन्स्टिच्युटका अध्यक्ष डेरेक मिचेल र इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युटका अध्यक्ष डेरेक मिचेललाई पनि प्रतिबन्ध लगाएको छ ।

सो प्रतिबन्ध सोमबारबाटै लागू हुने चिनियाँ पक्षले जनाएको छ । 





  • प्रकाशित मिति : साउन २६, २०७७ साेमबार १६:४३:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया