लेबनानको राजधानी बेरुतमा गत मंगलबार राति भएको विस्फोटमा मृत्यु हुने २ सय जना पुगेका छन् ।
बेरुतका गभर्नर मारवान अब्बोउडले अझै दर्जनौं मानिस बेपत्ता भएको बताएका छन् । बेपत्ता हुनेमध्ये अधिकांश विदेशी कामदार रहेको बताइएको छ । विस्फोटमा करिब ५ सय जना घाइते भएका छन् । विस्फोटको मुख्य कारण एक गोदाममा वर्षौंदेखि राखिएको २ हजार ७ सय ५० टन अमोनियम नाइट्रेट भएको राष्ट्रपति माइकल आओनले बताएका थिए ।
उक्त विस्फोटबाट सहर खण्डर बनेको छ । विस्फोटमा सरकारको कमजोरी मुख्य कारक भएको बताउँदै जनताहरु आन्दोलित भएका छन् । आइतबार राति पनि ठूलो प्रदर्शन भएको थियो । आक्रोशित प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ ।
उक्त विस्फोटपछि मानिसहरु विस्फोटबाट तहसनहस भएका घरमै रात काट्न बाध्य भएका छन् । अधिकांश घरका झ्याल छैनन् भने कतिवटा घरमा ढोकासमेत छैनन् ।
संयुक्त राष्ट्रिय नियोगहरुले लेबनानमा मानवीय संकट आउने बताएका छन् । राष्ट्रिय संघीय नियोगले तत्काल खाद्यान्न र स्वास्थ्य सामग्री उपलब्ध गराइनुपर्ने बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।