स्वचालित पेस्तोलसहित एक पक्राउ

धनुषा– प्रहरीले धनुषाबाट स्वचालित पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । हित मुखियापट्टी मुसरहनिया गाउँपालिका ३ बस्ने २१ वर्षीय सुजित यादव पक्राउ परेका हुन् ।  

प्रहरीले उनलाई जनकपुर उपमहानगरपालिका १० बाह्रबिघाबाट एक थान ४.५ लेखिएको अटोमेटिक पेस्तोल र सोही पेस्तोलको १ थान म्याग्जिनसहित पक्राउ गरेको हो । 

प्रहरीले ज.१ह ३१९२ नम्बरको ट्याम्पोमा सवार यादवलाई जाँच गर्दा उनको साथमा चिनीभित्र लुकाइराखेको उक्त पेस्तोल फेला पारेको हो । 





  • प्रकाशित मिति : साउन २६, २०७७ साेमबार १९:०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया