नेविसंघको प्रदर्शनमा प्रहरी हस्तक्षेप

पर्सा– नेपाल विद्यार्थी संघले कोरोना जोखिम तथा न्यूनीकरणसँग सम्बन्धित विभिन्न माग राखेर जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गरेको छ । 

विद्यार्थीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर लाठी प्रहार गरी केहीलाई नियन्त्रणमा लिएको छ । 

नेविसंघले उपचार अभावमा मृत्यु भएकाका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, दोषी अस्पतालमाथि कडा कारबाही गरिनुपर्ने, गरिब तथा असहाय परिवारलाई राहत दिनुपर्ने, स्वास्थ्य सामग्री, चिकित्सक र समयमै उपचारको व्यवस्था गरिनुपर्नेलगायत पाँचबुँदे माग राखेका छन् ।

केही विद्यार्थी नेताहरुलाई पक्राउ गरेर एकछिनमा छाडिएको नेविसंघले जनाएको छ ।





  • प्रकाशित मिति : साउन २६, २०७७ साेमबार १९:४२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया