कोटेश्वरमा थपिए संक्रमित, सोमबारबाट एरिया सिल

काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा थप चार जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । योसँगै असर्फी टोल सिल भएको छ । 

१८ साउनमा यही क्षेत्रका एक किराना पसलेमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । त्यसपछि उनको सम्पर्कमा आएका भनिएका १ सय ४१ जनाको स्वाब संकलन भएको थियो । उनीहरुमध्ये १३ जनामा कोरोना पुष्टि भएको थियो ।

सोमबार आएको रिपोर्टअनुसार अब कोटेश्वरमा मात्र १७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

सोमबार बाट नै यो क्षेत्र सिल गरिएको हो ।





  • प्रकाशित मिति : साउन २६, २०७७ साेमबार २०:३६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया