डोटीमा घर भत्किँदा एकै घरका ४ जनाको मृत्यु

डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ बाँझककानीमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । त्यही घरका पाँच जना घाइते भएका छन् । 

गए राति झन्डै १ बजेतिर स्थानीय लोगे विकको घर भत्किएको हो । घटनामा उनकी श्रीमती विष्ना, छोरा पारस, छोरीहरु सिर्जना र जेनिसाको मृत्यु भएको हो । लोगे घाइते भएका छन् । उनको र उनकी आमा र अर्की एक छोरी र आफन्त घाइते भएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । 

राति सुतिरहेको समयमा घर भत्किएकाले ठूलो क्षति भएको बताइएको छ । प्रहरी घटनास्थलमा पुगेको छ ।





  • प्रकाशित मिति : साउन २७, २०७७ मंगलबार ८:५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया