‘कोरोनालाई जित्न अझै बाँकी छ’

विश्वभर कोरोनाभाइरस (कोभिड १९) का कारण ७ लाख ५० हजारभन्दा धेरैको मृत्यु भइसके पनि अहिलेसम्म कोरोनाभाइरस नियन्त्रणमा आउन नसकेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ । अझै कोरोनाभाइरसलाई जित्न केही समय लाग्ने डब्लूएचओले बताएको हो ।

डब्लूएचओका अनुसार पूरै विश्व प्रभावित गर्ने यो महामारीबाट बच्नका लागि गरिएका कामहरु कुनै ढिला भएका छैनन् ।

डब्लूएचओका प्रमुख टेड्रोस ग्याब्रिएसले एक पत्रकार सम्मेलन गर्दै यो साता विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या दुई करोड पचास लाखभन्दा बढी भएको पनि जानकारी दिएका छन् । यो तथ्यांक थाहा पाउँदा दुःख हुने पनि उनले बताएका छन् ।





  • प्रकाशित मिति : साउन २७, २०७७ मंगलबार ८:३३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया