समाचार एजेन्सी रोयटर्सका अनुसार पछिल्लो समय फ्रान्समा कोरोनाभाइरस संक्रमित बढ्दै गएका छन् । कोरोनाभाइरस संक्रमित बढ्न थाल्नुको कारण त्यहाँ लकडाउन हटाउनुलाई मानिएको छ ।
फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार यो समय फ्रान्सका अस्पतालमा ५ हजारभन्दा धेरै कोरोनाभाइरस संक्रमितले उपचार गराइरहेका छन् ।
मन्त्रालयका अनुसार अहिले ३ सय ९६ जना कोरोना संक्रमित आइसियूमा रहेका छन् ।
अप्रिलको मध्यमा कोरोनाभाइरस संक्रमित कम भएपछि फ्रान्समा लगाइएको लकडाउन खुकुलो बनाइएको थियो । त्यसपछि त्यहाँ लगातार कोरोना संक्रमित बढिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।