रुसले बनाएको कोरोनाभाइरस भ्याक्सिन परीक्षणमा फिलिपिन्सका राष्ट्रपति सहभागी हुने

विश्व महामारी कोरोनाभाइरसका कारण विश्व अहिले आतंकित बनेको छ । पछिल्लो समय यो भाइरसका लागि विभिन्न देशहरुमा भ्याक्सिन बनाउने काम पनि भइरहेको छ । 

यहीबीच रुसले बनाइरहेको भ्याक्सिनमाथि फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुर्तेतेले यति विश्वास जनाएका छन् कि उनी आफैं यो भ्याक्सिनको परीक्षणमा सहभागी हुने भएका छन् । 

रुसले बनाइरहेको यो भ्याक्सिन अर्को महिनामा नै परीक्षणमा जाने बताइएको छ । तर, यसबारे अन्य देशले चाहिँ अहिले आशंका जनाइरहेका छन् ।

फिलिपिन्समा पनि यो भ्याक्सिनको परीक्षण हुने भएको छ । फिलिपिन्समा अहिले कोरोनाभाइरस संक्रमितको संख्या १ लाख ३६ हजारभन्दा बढी छ । 

सोमबार दुर्तेतेले चाहिँ कोभिड १९ विरुद्धको रुसको खोजमा आफू साथ दिन तयार भएको बताएका हुन् । उनले भ्याक्सिनले मानवीयतामा पनि ठूलो सहयोग गर्ने भन्दै आफू त्यसका लागि तयार भएको बताएका छन् ।





  • प्रकाशित मिति : साउन २७, २०७७ मंगलबार १२:५४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया