विश्वकै चर्चित क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपिएल) ले आफ्नो मुख्य प्रायोजकका लागि बोलपत्र आह्वान गरेको छ ।
बिसिसिआईले सोमबार बोलपत्र आह्वान गरेको हो । इच्छुक कम्पनीले अगस्ट १४ सम्म बोलपत्र भर्न पाउने छन् भने अगस्ट १८ मा मुख्य प्रायोजकको घोषणा गरिनेछ ।
प्रायोजनको सम्झौता अवधि अगस्ट १८ देखि सेप्टेम्बर ३१ सम्म हुनेछ ।
आइपिएलको मुख्य प्रयोजक बन्न पतञ्जलिसहित केही ठूला कम्पनीहरूले चासो देखाइ रहेका छन् ।
अगस्ट १४ सम्म इच्छुक कम्पनीले आवेदन दिन सक्ने तर वार्षिक ३०० करोड भारुभन्दा कम कारेबार हुने कम्पनीलाई आवेदन नदिन बिसिसिआईले आग्रह गरेको छ ।
मुख्य प्रायोजकका रूपमा रहेको भिभोले सम्झौता रद्द गरेपछि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) नयाँ प्रायोजको खोजीमा लागेको हो ।
पछिल्लो समय भारत र चीनबीचको सीमा विवादले उग्र रूप लिएपछि भिभो मुख्य प्रायोजकबाट पछि हटेको थियो ।
बिसिसिआई र भिभोबीच सन् २०२२ सम्मका लागि प्रायोजन सम्झौता भएको थियो । भिभोले प्रायोजन स्वरुप वार्षिक ४ सय ४० करोड भारु बिसिसिआईलाई उपलब्ध गराउँदै आएको थियो ।
कोरोना भाइरसका कारण १३ औं संस्करणको आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म संयुक्त अरब इमिरेट्स (युएई) का तीन सहर दुबई, अबुधाबी तथा सारजाहमा हुँदैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।