उदयपुरमा मालपोत कार्यालयका ६ कर्मचारीसहित थप १५ जनामा कोरोना संक्रमित भेटिएका छन् । मालपोत कार्यालयमा एक कर्मचारीमा १६ साउनमा संक्रमण देखिएपछि सबै कर्मचारी तथा संक्रमितको कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा थप ६ कर्मचारी तथा अन्य संक्रमित पाइएका हुन् ।
थपिएका संक्रमित बेलका नगरपालिकाका रहेको जिल्ला स्वस्थ्य कार्यालयले जनाएको छ । कर्मचारीमा कोरोना पुष्टि भएसँगै मालपोत कार्यालयका सम्पूर्ण सेवा बन्द गरिएको छ । जिल्लामा हालसम्म संक्रमितको संख्या १ सय ६ जना पुगेकोमा सक्रिय संक्रमित १९ छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।