रोकियो कराँतेको प्रशिक्षण

नेपालमा कोरोना प्रकोप बढ्दै गएपछि ओलम्पिक छनोटमा रहेका खेलाडीलाई ध्यानमा राखेर सुरु गरिएको कराँते प्रशिक्षण केही समयका लागि स्थगित भएको छ ।

सरकारको निर्देशन तथा कोरोनाको बढ्दो संक्रमणलाई ध्यानमा राखेर प्रशिक्षण स्थगित गरिएको प्रशिक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

पछिल्लो समय काठमाडौंमा कोरोना संक्रमितको संख्या तिब्ररुपमा बढिरहेको छ । सरकारले पनि भदौ १५ सम्मका लागि सटडाउन गर्ने निर्णय गरेको छ । यसैलाई ध्यानमा राखेर प्रशिक्षण रोक्ने निर्णय गरेका हौं, श्रेष्ठले फरक धारसँगको कुराकानीमा बताए ।

पछिल्लो समय कोरोनाको संक्रमण बढ्दो छ । सबै नेपालीले सजकता अपनाउनु पर्ने अवस्था आएको छ, यसका साथै नेपालको खेल क्षेत्रमा पनि कोरोना देखिएको छ, त्यो हामीसम्म आइपुग्न धेरै समय नलाग्ने भएकाले सुरक्षाका लागि भए पनि केही समय प्रशिक्षण नगर्ने निर्णय लिइएको श्रेष्ठले बताए ।

अवस्था सामान्य हुने बित्तिकै प्रशिक्षणमा फर्किने उनले जानकारी दिए ।

ओलम्पिक छनोटको तयारीमा रहेका कराँते खेलाडी द्वय अनु अधिकारी र नवीन रसाइलीसहित केही खेलाडीहरू असारको पहिलो सातादेखि सातदोबाटोस्थित कराँते हलमा प्रशिक्षणरत थिए ।



सरकारको लिखित अनुमति नभए तापनि मौखिक अनुमतिको भरमा भाइजर लगाएर उनीहरूले प्रशिक्षण गरिरहेका थिए ।



  • प्रकाशित मिति : साउन २७, २०७७ मंगलबार १४:१७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया