रुसको दाबी– हामीले कोरोनाभाइरसको भ्याक्सिन तयार पारिसक्यौँ

चीनको वुहानमा सबैभन्दा पहिले मानिसमा देखिएको कोरोनाभाइरस (कोभिड १९) अहिले विश्वभर मानिसहरुका लागि सबैभन्दा ठूलो चुनौति भएको छ ।

अनि यसको भ्याक्सिन बनाउन अहिले विश्वमा एक दर्जनभन्दा बढी देशहरु लागिपरेका छन् ।

यहीबीच रुसले आफूले कोरोनाभाइरस भ्याक्सिन बनाइसकेको दाबी गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोनाभाइरस भ्याक्सिन बनाइसकेको दाबी गरेका हुन् । अनि उनले यो भ्याक्सिन सबैका लागि उपयुक्त हुने पनि बताएका छन् । 

आज अर्थात् मंगलबार कोरोनाभाइरस भ्याक्सिनको पहिलो परीक्षण भएको पनि उनले जानकारी दिएका छन् । यसका लागि दुई महिनादेखि रुसी वैज्ञानिकहरु परीक्षणमा लागिरहेको उनले बताएका छन् । 

तर, रुसको यो भ्याक्सिनमाथि पश्चिमा देशहरुले चाहिँ आशंका व्यक्त गरेका छन् ।

रुसको स्वास्थ्य मन्त्रालयले त यो भ्याक्सिन मानिसहरुमा प्रयोग गर्नका लागि अनुमति दिइसकेको छ । रुसको स्वास्थ्य मन्त्रालयले त यो भ्याक्सिन रुसमा धेरै मानिसमा दिन थालिएको पनि बताएको छ ।



सरकारी टिभीमा घोषणा गर्दै रुसी राष्ट्रपति पुटिनले यो भ्याक्सिन पूर्णरुपमा सुरक्षित भएको र उनकी छोरीमा पनि यसको प्रयोग भइसकेको जानकारी दिएका छन् । 

‘मलाई थाहा छ, यो भ्याक्सिन निकै महत्वपूर्ण छ,’ उनले भनेका छन्, ‘यसले हाम्रो इम्युन सिस्टम बलियो पनि बनाउँछ ।’



उता, चीनमा पनि कोरोनाभाइरस भ्याक्सिनको अन्तिम ट्रायल सुरु भइसकेको छ । चीनको सिनोब्याक बायोटेक लिमिटेडले मंगलबा कोभिड १९ भ्याक्सिन मानिसमा परीक्षणका लागि अन्तिम तयारी सुरुवात गरेको जानकारी दिएको थियो । 

यो भ्याक्सिन इन्डोनेसियामा १ हजार ६ सय २० जना कोरोनाभाइरस संक्रमितमाथि पनि गरिँदै छ ।

यसअघि बेलायतको अक्सफोर्ड विश्वविद्यालयले पनि कोरोनाभाइरस भ्याक्सिन मानिसमा प्रयोगका लागि परीक्षण सुरु गरिसकेको छ । 

  • प्रकाशित मिति : साउन २७, २०७७ मंगलबार १५:३८:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया