सेयर बजारमा टिकेन सोमबारको वृद्धि
साढे ६ अंकले घटेको बजारमा एक अर्ब २७ करोडको कारोबार


सोमबार ३८ अंकले बढेको सेयरबजार मंगलबार साढे ६ अंकले घटेको छ । मंगलबार बजार परिसूचक नेप्से ६.६१ अंकले र सेन्सिटिभ सूचक १.३८ अंकले घटेको हो । घटेको बजारमा एक अर्ब २७ करोड १७ रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।  

 

१ सय ९० कम्पनीको कारोबार भएको मंगलबार ३६ लाख ३० हजार कित्ता सेयर बिक्री भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहको कारोबार सूचक ओरालो लागेको छ । १२ करोड रुपैयाँको सेयर कारोबार भएको नेपाल पुनर्बीमा कम्पनी सर्वाधिक कारोबारमा अगाडि छ भने ८ करोड ३९ लाखको कारोबार गर्दै नेपाल लाइफ इन्स्योरेन्स  दोस्रो स्थानमा छ ।

त्यस्तै, मंगलबार अजोड इन्स्योरेन्सका लगानीकर्ताले प्रतिकित्ता ५१ रुपैयाँ आम्दानी गरेका छन् । नेप्सेका अनुसार कम्पनीको सेयर ९.९४ प्रतिशतले उकालो लागेको छ । त्यसपछि साधना लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले ९.८१ प्रतिशत आम्दानी गरेका छन् ।


मंगलबार धेरै गुमाउने लगानीकर्ता नेपाल फाइनान्स लिमिटेडका छन् । कम्पनीको सेयर ९.८० प्रतिशतले घट्दा उनीहरूले प्रतिकित्ता २० रुपैयाँ गुमाएका छन् । 

 



मंगलबारको कारोबार हेर्दा सेयर बजार सूचक केही दबाबमा परेको देखिएको छ । खरिदबिक्री रकम भने औसतमा राम्रो देखिएको छ । बजारले बढ्ने प्रयास गरिरहे पनि कोरोना संक्रमण बढ्दै जाँदा सर्वसाधारण लगानीकर्ताको मनोविज्ञान कमजोर बनेको हो । 

 



खरिदबिक्रीमा जारी उत्साहप्रद अवस्था अनि घट्दो बैंक ब्याजदरले भने बजारलाई सपोर्ट गरिरहेको विश्लेषकको भनाइ छ । पछिल्ला दिनहरूमा बजारले एउटा निश्चित गति भने समाउन सकेको छैन । बढ्ने क्रमले निरन्तरता पाउन सकेको छैन भने घट्न पनि सकिरहेको छैन । कम्पनीहरुले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरिरहेकाले बजारमा अझै केही दिन उतारचढाव देखिने विश्लेषकको भनाइ छ ।  

  • प्रकाशित मिति : साउन २७, २०७७ मंगलबार १६:२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया