नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले ओटिसी (ओभर द काउण्टर) बजारमा कारोबारका लागि १२३ कम्पनीको छनोट गरेको छ । नेप्सेले मंगलवार सूचना जारी गरी कम्पनी छनोट गरेकोे बताएको हो ।
नेप्सेले छनोट गरेका कम्पनीमध्ये कतिपय दोस्रो बजारमा कारोबार भइरहेका समेत छन्, जसले सूचीकरण खारेज भएका बेला ओटिसी बजारमा कारोबार गरेका थिए । छनोट हुनेमा नेपाल बैंक र नेपाल हाइड्रो डेभलपर्सलगायत छन् ।
ओटिसी बजारमा नेप्सेमा सूचीकृत नभएका वा दोस्रो बजारमा कारोबार नभएका कम्पनीको मात्र कारोबार हुने गर्दछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।