काठमाडौं– गायक निशान भट्टराईले बिहे गरेका छन् । नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका निशानले प्रेमिका ऋचा न्यापानेसँग कानुनी विवाह गरेका हुन् ।
मंगलबार धुलिखेल जिल्ला अदालतमा उनीहरुले कानुनी विवाह गरेका हुन् । कानुनी विवाहपश्चात् उनीहरुले विवाहको प्रमाणपत्र ग्रहण गरेका थिए । निशान र ऋचा २ बर्षदेखि प्रेम सम्बन्धमा थिए ।
पछिल्लो समय निशानको स्वरमा रहेको ‘के माया लाग्छ र’ बोलको गीत चर्चामा छ । ऋचाले निशानको स्वरमा समावेश ‘लाहुर जाने रेल’मा ऋचाले अभिनय गरेकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।