उपत्यकाका १३४ सहित ६३८ संक्रमित थपिए

काठमाडौं– पछिल्लो २४ घण्टामा ६३८ जना कोरोना  संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ६३८ जना संक्रमित थपिएको जानकारी दिए ।

२४ घण्टामा काठमाडौं उपत्यकामा १३४ जना संक्रमित देखिएका छन् । काठमाडौंमा ११० जना, ललितपुरमा १४ र भक्तपुरमा १० जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए ।

प्रवक्ता गौतमका अनुसार पछिल्ला २४  घण्टामा  १०,४६२ पिसिआर परीक्षण गरिएको छ । १७१ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् । जम्मा डिस्चार्ज हुनेको संख्या १६,६६४ जना रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या ७,२०१ रहेको छ ।
 





  • प्रकाशित मिति : साउन २७, २०७७ मंगलबार १६:४९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया