विनोद नेपालको लघुकथासंग्रह ‘गोदान’ विमोचित

काठमाडौं– कथाकार विनोद नेपालको लघुकथा संग्रह गोदानको विमोचन भएको छ । भूगोल साहित्य समाजको सभाहलमा विमोचन सम्पन्न भएको हो । 

स्रष्टा समाजका अध्यक्ष विधान आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले विशेष अतिथिको भूमिका निर्वाह गरेका थिए । 

प्रमुख अ​तिथि आचार्यले लघुकथाको प्रारम्भ २००७ बाट भएर २०३० पछि उन्नत हुँदै गएको जानकारी गराए । लघुकथा अहिले नेपाली साहित्यको अति प्रिय विधाको रुपमा स्थापित भएको उनको दाबी छ । पछिल्लो पुस्ताले समालोचनामाथि निर्मम समालोचना गर्न सुरु गरेको भन्दै उनले अब समालोचना परम्परागत धारबाट मुक्त हुनुपर्ने बताए । 

विशिष्ट अतिथि रोदनले विनोद नेपालका कथाहरु मन छुने खालका भएको र भविष्यमा अझै परिष्कृत हुने विश्वास व्यक्त गरे । लघुकथालाई नेपाली साहित्यको विधाको रुपमा स्थापित गराउन अघिल्लो पुस्ताले निकै संघर्ष गर्नुपरेको उनले बताए । 

अर्का अतिथि ध्रुव मधिकर्मीले अहिले लघुकथा अधिक लेखिएकोमा खुसी व्यक्त गर्दै कथामा विषयवस्तु, गम्भीरता र यसले समाजलाई पार्ने प्रभाव महत्वपूर्ण हुने बताए ।

समारोहमा पवन आलोक, पुरुषोत्तम निरौला, प्रकाश घायल, दीपक लोहनी, जानु धिताललगायत अतिथिले शुभकामना मन्तव्य दिएका थिए । 





  • प्रकाशित मिति : साउन २७, २०७७ मंगलबार १८:१८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया