भारतका चर्चित शायर तथा गीतकार राहत इन्दौरीको निधन भएको छ । उनी कोरोनाभाइरस संक्रमण भएपछि इन्दोरको एक अस्पतालमा भर्ना भएका थिए ।
भोपालका पत्रकारहरुले भारतीय मिडियालाई दिएको जानकारीअनुसार ७० वर्षीय राहत कोरोनाका कारण श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए । उनको मृत्यु हृदयघातका कारण भएको बताइएको छ ।
मंगलबार मात्र उनलाई दुई पटक हृदयघात भएको बताइएको छ । उनलाई ६० प्रतिशत निमोनिया भएको पनि बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।