नायिकामाथि हुने दुर्व्यवहारविरुद्ध साथ दिन केकीको आग्रह

नायिका केकी अधिकारीले नेपाली फिल्म इन्डस्ट्रीमा नायिकामाथि हुने दुर्व्यवहार विरुद्धका घटनामा साथ दिन अपिल गरेकी छन् । उनले फेसबुकमा स्टाटस अपडेट गर्दै नायिकाहरूमा हुने विभिन्न प्रकारका हिंसामा साथ दिन र साथ दिन नसके जथाभावी टिप्पणी नगर्न समेत आग्रह गरेकी छन् ।

गत बिहीबार प्रकाश सुवेदीले रजतपटमा नायिका पूजा शर्मालाई लक्षित गरी आपत्तिजनक टिप्पणी गरेका थिए । जसको चौतर्फी विरोध भयो । आइतबार साँझ उनले त्यस प्रकारको टिप्पणी गर्नु गल्ती भएको स्वीकार्दै माफी समेत मागिसकेका छन् ।

तर, पूजा शर्मा भने लिखित माफीको दाबी गरिरहेकी छन् ।

यता केकी अधिकारीले भने साम्राज्ञी लगायत अन्य नायिकाहरूको विषयमा नबोलेको भन्ने आरोपको खण्डन गरेकी छन् । उनले स्टाटस लेखेकी छिन्, ‘हामीले जनाएको विरोधमा सहमति जनाउन नसक्दा नै सायद पटक, पटक यस्ता घटनाहरू सामान्यीकरण हुँदा हुन् । कमसेकम एकचोटि साथ र समर्थन दिएर न्यायलाई स्थापित गराउन मद्दत त गर्नुहोस् !’

उनले आफूहरूसँग यस्ता घटनाविरुद्ध लड्न धेरै विषयहरू भएको समेत उल्लेख गरेकी छन् । 

नायिका अधिकारीले यसभन्दा अघि हुने गरेका घटनामा ऐक्यबद्धता जनाउन नसकेको प्रति आत्मालोचना समेत गरेकी छन् । साथै अब हुने यस्ता खालका घटनाविरुद्ध एक भएर अघि बढ्ने समेत उल्लेख गरेकी छन् ।





  • प्रकाशित मिति : साउन २७, २०७७ मंगलबार १९:१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया