विश्वमा कोरोना सङ्क्रमितको संख्या २ करोड २ लाख नाघ्यो

विश्वमा कोरोना सङ्क्रमितको संख्या २ करोड २ लाख नाघेको छ । विश्व स्वास्थ्य (डब्ल्युएचओ) ले मङ्गलबार दिएको जानकारीअनुसार विश्वमा २ करोड २ लाख ५९ हजार ५ सय ६४ व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

कोरोना सङ्क्रमणका कारण विश्वभरि ७ लाख ३९ हजार २ सय १२ जनाको मृत्यु भएको पनि सङ्गठनले जनाएको छ । मङ्गलबारसम्म विश्वभरिमा १ करोड ३१ लाख ९० हजार ५ सय १६ जना व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

विश्वभरमा हाल ६३ लाख २९ हजार ८ सय ३६ व्यक्ति कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६४ हजार ६ सय ९५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । कोरोना सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित छ । 

डब्ल्युएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५२ लाख ५१ हजार ४ सय ४६ जनामा कोरोनाका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ६६ हजार १ सय ९२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४८ लाख  २ सय ६६ जना कोरोना सङ्क्रमति छन् । यहाँ १ लाख ६१ हजार २ सय ८३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा  ६१ लाख ८२ हजार ५ सय ४४ जना कोरोना सङ्क्रमति रहेका छन् । यहाँ २ लाख ३६ हजार २ सय २७ जनाको मृत्यु भएको छ ।

युरोपमा ३० लाख ६४ हजार ७ सय २१ जना कोरोना सङ्क्रमित रहेका छन् भने २ लाख ६ हजार ४ सय ५ को मृत्यु भएको छ । एसिया ५१ लाख २५ हजार ३ सय ९४ जनामा कोरोना सङ्क्रमण रहेको छ भने १ लाख ११ हजार २ सय ५३ जनाको मृत्यु भएको छ । 



अफ्रिकामा १० लाख ६१ हजार ९८ जनामा कोरोना सङ्क्रमण रहेको छ भने २३ हजार ६ सय ४३ जनाको मृत्यु भएको छ । ओसियानामा २३ हजार ६ सय ५९ जनामा कोरोना सङ्क्रमण रहेको छ भने ३ सय ५७ जनाको मृत्यु भएको छ ।



  • प्रकाशित मिति : साउन २७, २०७७ मंगलबार १९:१९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया