क्वारेन्टिनमा बसेकी २२ वर्षीया युवतीको करेन्ट लागेर मृत्यु

धनगढी– कञ्चनपुरमा क्वारेन्टिनमा बसेकी २२ वर्षीया युवतीको करेन्ट लागेर मृत्यु भएको छ । 

कृष्णपुर नगरपालिका–६ स्थित महाकाली माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकी राधा वडको करेन्ट लागेर मृत्यु भएको हो ।

उनलाई नुहाउने क्रममा करेन्ट लागेको थियो । घाइते वडको उपचारको क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

उनी पतिसँगै भारतको बैंग्लोरबाट आएर क्वारेन्टिनमा बसेकी थिइन् ।





  • प्रकाशित मिति : साउन २७, २०७७ मंगलबार १९:५७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया