सन्जय दत्तलाई फोक्सोको क्यान्सर, उपचारका लागि अमेरिका जाने

बलिउड अभिनेता सन्जय दत्तलाई तेस्रो स्टेजको फोक्सोको क्यान्सर भएको छ । उनका एक नजिकका साथीले यो खुलासा गरेका हुन् । सन्जय दत्त दुई दिनअघि मात्र लिलावती अस्पतालमा भर्ना भएका थिए । 

उनलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो । त्यहाँ उनको कोरोनाभाइरस परीक्षण गरिएको थियो । तर, कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । 

तर, उनलाई क्यान्सर भएको पुष्टि भएपछि उनी उपचारका लागि अमेरिका गएका छन् ।

बलिउड हंगामाको समाचारअनुसार सन्जयका एक साथीले यो खुलासा गरेका हुन् । उनले भनेका छन्, ‘बाबा निकै आत्तिएका छन्, उनका साना बच्चाहरु छन् । अहिले उनी आमासँग दुबईमा छन् । यो भयानक खबर सुनेपछि उनलाई निकै मुश्किल भएको छ ।’

सामाजिक सन्जालमा चाहिँ दत्तले मंगलबार नै एउटा पोस्ट गरेका थिए । त्यो पोस्टमा उनले आफू बिरामी भएको र केही समय कामबाट ब्रेक लिने उल्लेख गरेका थिए ।





  • प्रकाशित मिति : साउन २७, २०७७ मंगलबार २३:४०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया