धनगढीबाट भारतबाट फर्किएकाहरुलाई अछाम पुर्याउन हिँडेको बस दुर्घटनामा परेको छ । यो दुर्घटनाबाट भएको क्षति आउन बाँकी छ । उल्लेख्य संख्यामा बसमा सवार यात्रुहरु घाइते भएका छन् ।
उनीहरुको उपचारका लागि अस्पताल लैजान थालिएको छ ।
ना ६ ख २५२९ नम्बरको बस आज विहान ५ बजे डोटीमा दुर्घटनामा परेको हो ।
बसमा चालकसहित ३२ जना रहेको बताइएको छ । बस सडकबाट १०० मिटर तल खसेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।