बुटवलको कोरोना विशेष अस्पतालमा दुई जनाको मृत्यु

बुटवलमा कोरोनाभाइरसबाट एकै दिन दुई जनाको मृत्यु भएको छ । उपचारका लागि त्यहाँको अस्थायी कोरोना अस्पतालमा भर्ना भएका कपिलवस्तुका ४२ वर्षका एक युवा र २५ वर्षका अर्का युवाको निधन भएको हो । 

उनीहरुमध्ये एक जना २५ साउनमा अस्पतालमा भर्ना भएका थिए भने अर्का युवा २७ साउनमा अस्पतालमा भर्ना भएका थिए । यीमध्ये एकमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भइसकेको थियो । 

२५ वर्षका युवाको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी छ । उनी मुम्बईबाट फर्किएका थिए । 





  • प्रकाशित मिति : साउन २८, २०७७ बुधबार ८:५२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया