२६ वर्षपछि सेमिफाइनलमा पुग्ने पीएसजीको दाउ
सेमिफाइलनका लागि आज एक खेल

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलका खेलहरू बुधबारबाट सुरु हुँदै छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) र इटालियन क्लब एटलान्टा बुधबार रातिको खेलमा आमनेसामने हुँदै छन् । 

च्याम्पियन्स लिगमा गत पाँच महिनादेखि दुवै टोलीले कुनै खेल खेलेका छैनन् । अन्तिम १६ का खेलमा एटलान्टाले स्पेनिस क्लब भ्यालेन्सियालाई हराएर अन्तिम आठमा स्थान बनाएको थियो । त्यसैगरी पिएसजीले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई हराउँदै क्वाटर फाइनलसम्मको यात्रा तय गरेको थियो ।

पिएसजी र एटलान्टा बीचको आज हुने खेल नै पहिलो औपचारिक खेल हो । यसअघि दुवै टोली कुनै प्रतिस्पर्धात्मक खेलमा एक अर्काविरुद्ध मैदानमा उत्रिएका छैनन् । 

पोर्चुगलको स्टाडियो डा लुजमा हुने खेलमा दुवै टोली आक्रामक रूपमा प्रस्तुत हुनेछन् । पिएसजीका लागि आज हुने खेल झन विशेष हुनेछ । किनभने, सन् १९९४ भन्दा पछि पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्न सकेको छैन ।

यता, एटलान्टा भने क्लब इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्दैछ । 

इटालियन क्लबहरूसँग भएका खेलमा कुनै खेलमा पनि जित दर्ता गर्न नसकेको खराब रेकर्ड लिएर पिएसजी एट्लान्टाविरुद्ध खेल्नेछ । त्यस्तै च्याम्पियन्स लिगको डेब्यु सिजनमै सेमिफाइनल पुग्ने पहिलो टोलीको महत्त्वपूर्ण इतिहास बनाउने दाउ एट्लान्टाको हुनेछ । 



आज हुने यो खेल नेपाली समयअनुसार १२:४५ बजेबाट सुरु हुनेछ ।
 



  • प्रकाशित मिति : साउन २८, २०७७ बुधबार १२:३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया