एजेन्सी– राजस्थान रोयल्सका प्रशिक्षक दिशान्त यागनिकलाई कोरोना पुष्टि भएको छ । आइपिएलको सहभागी टोली, राजस्थान रोयल्सका फिल्डिङ प्रशिक्षक यागनिकले ट्विट गर्दै आफूलाई कोरोना पोजेटिभ भएको पुष्टि गरेका हुन् ।
यो वर्ष हुने आइपिएलको १३औँ संस्करण युएईमा हुने तय भएको छ । भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै आयोजकले प्रतियोगिता युएईमा सारेको थियो ।
आगामी हप्ता आइपिएलका लागि सहभागी टोली युएई प्रस्थान गर्ने तालिका तय भएको थियो । तर, सहभागी टोलीकै सदस्यमा कोरोना देखिएपछि पूर्वनिर्धारित तालिकामा हेरफेर हुनसक्ने बताइएको छ ।
आइपिएलसँग सम्बन्धित व्यक्तिमा पहिलोपटक कोरोना देखिएको हो ।
यागनिक अहिले उदयपुरस्थित उनकै घरमा बसिरहेका छन् । तर, उनलाई कम्तीमा १४ दिन अस्पतालमै राखिने बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।