एन्फा कार्यालय भदौ ३ सम्म बन्द रहने

कठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यालय भदौ ३ गतेसम्म बन्द हुने भएको छ । एन्फाले बुधबार सूचना निकाल्दै भदौ ३ गतेसम्म कार्यालय बन्द हुने जानकारी दिएको छ । 

सूचनामा कोरोनाभाइरस संक्रमण रोकथाम तथा व्यवस्थापनमा सावधानी अपनाउँदै कार्यालय बन्द गर्नुपरेको उल्लेख गरिएको छ ।

त्यस्तै, विश्वकप तथा एसियाकप छनोटको तयारीमा रहेको नेपाली पुरुष फुटबल टिमको प्रशिक्षण भदौ १५ पछि मात्र हुने भएको छ ।

पछिल्लो समय बढ्दै गएको कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ बाट खोल्ने तयारीमा रहेका खेल गतिविधि तथा अन्तर्राष्ट्रिय खेल प्रशिक्षणलगायत सम्पूर्ण क्षेत्रको सञ्चालनमा भदौ १५ सम्म पूर्ण रोक लगाउने निर्णय गरेसँगै फुटबलको प्रशिक्षण पनि पछि सरेको हो ।

त्यसैगरी, फिफा विश्वकप र एसियन कपका छनोट खेल पनि २०२१ सम्मका लागि स्थगित भएका छन् । 





  • प्रकाशित मिति : साउन २८, २०७७ बुधबार १६:४८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया