भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ भन्छन्– चीनसँग भिडन्तका लागि भारतीय सेना तयार छ

एजेन्सी– चीन र भारतबीच जारी तनावका विषयमा भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ  ‘सिडिएन’ बिपिन रावतले चीनसँगको सीमामा भिडन्तको लागि भारतीय सेना तयार भएको बताएका छन् । 

उनले चीनसँगको वास्तविक नियन्त्रण रेखा ‘एलएसी’मा भारतीय सेना चीनका सेनासँग भिड्न र पूर्वी लद्दाख क्षेत्रमा तैनाथ हुन तयार भएको बताएका हुन् ।  हिन्दुस्तान टाइम्सका अनुसार रावतले भारतको संसदीय समितिमा सो भनाइ राखेका हुन् । 

एलएसीमा चिनियाँ आक्रमकता बढेको र उनीहरुले सीमामा निर्माणको काम गरिरहेको उल्लेख गर्दै उनले सहमति बाबजुद चीनका करिब ४० हजार सेना लद्दाख नजिकको क्षेत्रमा तैनाथ रहेको बताए ।

भारतसँगको सीमामा शान्ति चीनको पहिलो कूटनीतिक प्राथमिकता भएको भनेर चीनले बताइरहँदा भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफको यो भनाइ आएको हो । 





  • प्रकाशित मिति : साउन २८, २०७७ बुधबार १७:२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया