दमौली– पत्रकार बलराम बानियाँको निधनप्रति नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुःख व्यक्त गरेका छन् । पत्रकार बानियाँ तनहुँको भानु नगरपालिका–१३ निवासी हुन् ।
पत्रकार बानियाँको शव बुधबार मकवानपुरको सिस्नेरीमा भेटिएको थियो । कान्तिपुर दैनिकमा कार्यरत बानियाँ तीन दिनदेखि बेपत्ता थिए ।
वरिष्ठ नेता पौडेलले बानियाँको मृत्युमा दुःख व्यक्त गर्दै बानियाँको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।
निष्ठावान्, निडर र हक्की स्वभावका बानियाँको निधनले नेपालको पत्रकारिता जगत्मा एउटा नक्षत्र गुमाएको महसुस भएको पौडेलले उल्लेख गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।