बार्सिलोनाका एक खेलाडीमा कोरोना संक्रमण

स्पेनिस क्लब बार्सिलोनाका एक खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । क्लबले बुधबार विज्ञप्ति जारी गर्दै एक जना खेलाडीमा कोरोना संक्रमण रहेको जानकारी दिएको हो । 

क्लबले जनाएअनुसार कोरोना संक्रमित खेलाडी क्लबको प्री–सिजन प्रशिक्षणमा सहभागी भएका थिए । उनीसँगै त्यो प्रशिक्षणमा अन्य आठ जना खेलाडी पनि सहभागी थिए ।

एक जनामा कोरोना पोजेटिभ देखिएसँगै उनको सम्पर्कमा आएका अन्य व्यक्तिको पनि कोरोना परीक्षण गरिने क्लबले उल्लेख गरेको छ ।

खेलाडीमा नै कोरोना संक्रमण पुष्टि भए तापनि बार्सिलोनाको च्याम्पियन्स लिगअन्तर्गतको आगामी खेल प्रभावित हुनेछैन । क्लबले जारी गरेको विज्ञप्तिअनुसार च्याम्पियन्स लिग खेल्न जाने खेलाडीसँग कोरोना संक्रमित खेलाडीको सम्पर्क रहेको थिएन । 

गत साता इटालियन क्लब नापोलीलाई हराउँदै क्वाटर फाइनल पुगेको बार्सिलोनाले सेमिफाइनलका लागि शुक्रबार जर्मनको बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्दैछ ।

दुई दिनअघि स्पेनिस क्लब एथ्लेटिको मड्रिडका दुई जना खेलाडीमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।





  • प्रकाशित मिति : साउन २८, २०७७ बुधबार १७:५६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया