साँखुमा तीन कोरोना सङ्क्रमित भेटिए

शङ्खरापुर नगरपालिकामा तीन जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । नगरपालिका–९ मा दुई  र वडा नं ७ मा एक गरी तीन जनामा कोरोना भाइरस भेटिएको हो । वडा नं ९ मा एकै परिवारका आमा र छोराको पिसिआर रिपोर्ट पोजेटिभ आएको जनप्रतिनिधिले बताए । 

सङ्क्रमितको अहिले पाटन अस्पतालमा उपचार भइरहेको जनाइएको छ  । त्यसै शङ्खरापुर–७ नगरपालिका भवन नजिकै एक जना सङ्क्रमित भएको पुष्टि भएको छ ।

बारा जिल्ला घर भएका उनी वर्कसपमा काम गर्दै आएका थिए । बारामा पिसिआर परीक्षण गरी दुई दिनअघि मात्रै शङ्खरापुर आएका उनलाई उपचारका लागि टेकु पठाइएको र टेकुले कीर्तिपुर पठाएको अस्पतालले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : साउन २८, २०७७ बुधबार १८:३९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया