अब रोजगारीका लागि युवा विदेशिनु नपर्नेः प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अब रोजगारीका लागि युवा विदेशिनु नपर्ने बताएका छन् । 

राष्ट्रिय युवा परिषद्ले बुधबार भर्चुअल कार्यक्रममा उनले केही वर्षभित्र रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य हुने बताए । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले यसमा रणनीति बनाइरहेको बताए ।

देश निर्माण गर्ने शक्ति बाहिर जानु खुशीको कुरा नभएको उल्लेख गर्दै उनले भने, ‘बाध्यताका हिसाबले बाहिर जाने अन्त्य गर्ने रणनीतिका साथ काम गरिरहेका छौँ । चाँडै नै ठोस योजना ल्याउने छौँ ।’

युवालाई स्वदेशमा नै पर्याप्त रोजगारीका अवसर सिर्जना गरिने उल्लेख गर्दै उनले युवाको विकास, रोजगारीको अवसर, ज्ञान, सीप र क्षमता देशभित्र नै भरपुर प्रयोग गरेर मुलुकलाई अगाडि बढाउने बताए ।


 





  • प्रकाशित मिति : साउन २८, २०७७ बुधबार १९:४१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया