लकडाउनपछि विदेशबाट ५० हजार नेपाली फर्किए

कोरोना संक्रमण रोक्न सरकारले बन्दाबन्दी (लकडाउन) गरेपछि गत जेठबाट सरकारले विदेशमा समस्यामा परेका नेपालीको उद्धार गरिरहेको छ । अहिलेसम्म विभिन्न चार्टर्ड उडानमार्फत् ३० देशबाट ५० हजार १ सय ७ नेपाली स्वदेश आइपुगेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि विदेशमा समस्यामा परेका श्रमिकको उद्धारका लागि ३ सय १९ चार्टर्ड उडानमार्फत् उनीहरू नेपाल फर्किएका हुन् ।

स्वदेश फर्किएकामध्ये ३८ हजार ४ सय ४५ जना आफ्नो प्रदेश गएका छन् भने १ हजार ३ सय ६५ जना होटल क्वारेन्टिनमा छन् । यस्तै ५ हजार ४ सय ३६ जना होम क्वारेन्टिनमा, ४ हजार ३ सय ७० जना लोकल क्वारेन्टिनमा र ६३ जना अस्पतालमा रहेको केन्द्रले जनाएको छ ।

कुन प्रदेशमा कति जना ?

विदेशबाट फर्किनेमा सबैभन्दा धेरै वाग्मती प्रदेशका छन् । वागमती प्रदेशमा मात्रै १३ हजार ८ सय २५ जना नेपाली फर्किएका छन् । यस्तै सबैभन्दा कम वैदेशिक रोजगारीबाट फर्किनेमा प्रदेश कर्णाली र सुदूरपश्चिमका छन् । कर्णालीमा एक हजार १ सय ५५ जना नेपाली फर्किएका छन् भने सुदूरपश्चिमका १ हजार २ सय ९७ जना नेपाली फर्किएका छन् ।

यस्तै प्रदेश ५ मा आठ हजार ३ सय ९५ जना, गण्डकीमा ६ हजार ४ सय ७८ जना, प्रदेश २ मा ८ हजार ३ सय ५७ जना र प्रदेश १ मा १० हजार ६ सय २३ जना स्वदेश फर्किएका छन् ।



वैदेशिक रोजगारीबाट स्वदेश फर्कनेको देशगत विवरण

अहिलेसम्म सबैभन्दा धेरै नेपाली फर्किने देश यूएई हो । यूएईबाट सोमबारसम्म १४ हजार ६५ जना छन् । कुवेतबाट ६ हजार ३ सय २९ जना, साउदी अरबबाट ७ हजार ८ सय १७ जना, अफगानिस्तानबाट ३३, अस्ट्रेलियाबाट ९ सय ४३, ओमानबाट ६ सय ३६, कतारबाट ५ हजार ८ सय ४६ जना, म्यान्मारबाट २६ जना, जापानबाट १ हजार २३ जना, थाइल्यान्डबाट ३ सय २६ जना, दक्षिण कोरियाबाट ७ सय २० जना, बंगलादेशबाट ८ सय ४१, मलेसियाबाट ७ हजार ६ सय ६ जना माल्दिभ्सबाट ७ सय ९ जना, श्रीलंकाबाट पाँच जना, सिंगापुरबाट २ सय ९७ जना, हङकङबाट ८९ जना, पाकिस्तानबाट ७२ जना स्वदेश आइपुगेका छन् । 



यस्तै, बहराइनबाट ९ सय ८० जना, अमेरिकाबाट ४ सय २३ जना, बेलायतबाट २ सय २९ जना, इजरायलबाट १ सय २७ जना, चीनबाट २ सय ८ जना, टर्कीबाट १ सय १० जना, फिलिपिन्सबाट २ सय १ जना, स्विट्जरल्यान्डबाट १० जना, दक्षिण सुडानबाट २ सय ५० जना, सीएआरबाट ६८ जना, भारतबाट ८५ जना र इराकबाट ३९ जना स्वदेश फर्किएको केन्द्रले जनाएको छ । 

अब दैनिक पाँच सयजनाको मात्र उद्धार गरिने 

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अब दैनिक पाँच सय नेपालीको मात्र उद्धार गर्ने निर्णय गरेको छ । सरकारले अनुमति दिएको र सम्बन्धित देशमा रहेको कूटनीतिक नियोगहरूले सिफरिसमा दैनिक ३ सयजना र वैदेशिक रोजगारी कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी दैनिक २ सय जनालाई उद्धार गर्ने निर्णय गरेको हो ।

  • प्रकाशित मिति : साउन २८, २०७७ बुधबार १९:५९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया